बर्दिया — गुलरिया नगरपालिका–५ जिल्ला समन्वय समिति कार्यालयनजिक विद्युत पोलमा मोटरसाइकल ठोक्किँदा भारतीय नागरिक गुरमुख सिंहको मृत्यु भएको छ । आइतबार दिउँसो भएको दुर्घटनामा जिल्ला बहराइच ग्राम मिहिपुरवाका ६५ वर्षीय सिंहको मृत्यु भएको हो ।
Advertisement
सुहेलवादेखि राधाकृष्ण चोकतर्फ जाँदै गर्दा सिंहले चलाएको भारतीय नम्बरप्लेटको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको बर्दिया प्रहरीले जनाएको छ । घाइते सिंहलाई उपचारका लागि तत्काल बर्दिया अस्पताल पुर्याइए पनि चिकित्सकले सिंहलाई मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार मृतक सिंह गुलरिया नगरपालिका–८ कोठिया स्थित पन्जाब डिजल वर्कसप सञ्चालन गर्दै आएका थिए ।









