सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या

 

इनरुवा। सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ महरम चौकका गोली प्रहारी गरी १८ वर्षीया अर्सी खातुनको हत्या गरिएको छ ।

Advertisement

खातुनलाई उनकै भिनाजु भारत पत्रहा पञ्चायत–१६ घुर्ना बस्ने सौकात मियाँको छोरा २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरी हत्या गरेको मृतकको बुवा ४६ वर्षीय गफार मियाँले जानकारी दिएका छन् ।
अरसिको घटनास्थलमै मृत्यु भएको छ । गोली प्रहार गर्ने तत्काल फरार रहेको छ ।

घटनाको खबर प्राप्त हुना साथ तत्काल प्रचौ घुस्कीहाटबाट प्रहरी नायब निरीक्षक सुरेश यादवको कमाण्डमा प्रहरी टोली खटाएको र थप बुझ्ने कार्य भइरहेको खतिवडाले जानकारी दिनुभयो । गोली हान्ने व्यक्तिको खोजी भइरहेको छ ।

घटनास्थलबाट सानो हतियारमा लाग्ने १ थान नपड्केको गोली फेला परेको छ भने पोष्टमार्टमका लागि शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । मृतकको टाउकोको बाँया साइडमा चोट देखिएको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु