मोटर साईकल दुर्घटनामा परी बर्दियाका पत्रकार राकेशको निधन

 

गुलरिया। मोटरसाइकल दुर्घटनामा परी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) को निधन भएको छ । उनी सवार भे १३ प ९३६७ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परी निधन भएको हो । दुर्घटनामा परी गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि बर्दिया अस्पताल पुर्याइएको थियो ।

Advertisement

बर्दियामा उपचार सम्भव नभएपछि उनलाई शिक्षण अस्पताल नेपालगञ्जमा लगिएको थियो । तर, चिकित्सकहरुले मृत घोषणा गरे । मोटरसाइकल चालक विष्णु पौडेलको भने बर्दिया अस्पतालमा उपचार भइरहेको छ ।

बस्याल नेपाल पत्रकार महासंघ बर्दियाको दुई कार्यकाल अध्यक्ष भइ नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष समेत भएका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु