यु–१९ प्रिमियर कप : यूएईविरुद्ध देव खनालको शतक

 

 

Advertisement

७ कात्तिक, काठमाडौं । यू–१९ प्रिमियर कपको फाइनलमा नेपालका कप्तान देव खनालले शतक बनाएका छन् ।

मलेसियाको बायोमास ओभलमा यूएईविरुद्ध टस जितेर ब्याटिङ थालेको नेपालको सुरुवात खराब थियो । १४ रन जोड्दा २ विकेट गुमाएको नेपालका लागि खनालले कप्तानी पारी खेले । तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरे । २६औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए ।

पाँचौं नम्बरमा आएका विकेटपिकर ब्याट्सम्यान उत्तम थापा मगरले साथ दिएपछि खनालले शतक पुरा गरे । ९० बलमा १०० रन पुरा गरेका उनी थप दुई बल फेस गरेर आउट भए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु