बढैयातालको दोरहवा नालाको पुल जिर्ण, आवतजावत् ठप्प हुने जोखिम  

बर्दिया, ३० असार २०८२- बर्दियाको बढैयाताल गाउँपालिका ४ बुटहा स्थित दोरहवा नालामा बनेको पुल जिर्ण बन्दै गएपछि आवतजावत् ठप्प हुने जोखिम बढेको छ । नेपालगन्ज गुलारिया हुलाकी राजमार्गमा पर्ने भोलागौढी र महेन्द्र राजमार्गमा पर्ने सीजी कम्पनी, भगरा चोक दुई राजमार्ग जोड्ने मुख्य सडक अन्र्तगत बुटहा गाउँ स्थित दोरहवा नालामा उक्त पुल पर्ने गर्दछ ।

Advertisement

पुल जोड्ने दक्षिणपट्टीको पहुँच रोड बर्षका कारण भत्किदै गएपछि पुल जिर्ण बन्दै गएको बुटहा गाउँका बरघर सोमल थारुले बताए । “उनले भने, यदी समयमा मर्मत भएन भने ठुलो बर्ष हुने बित्तिकै पुलको पहुँच रोड भत्किएर आवत्जावत् बन्द हुने छ । तर स्थानीय सरकारलाई पटक पटक जानकारी गराउदां पनि मर्मतका लागि कुनै चासो देखाएको छैन ।”

पानी पर्दा पुल माथिको पानी उक्त पहुँच रोड भएर एकैतिर खस्दा माटो कटान भै पुलको जोखिम बढेको छ । अहिले मुस्किलले चार पाँग्रे सवारी साधन वारपार हुने गरेको गाउँका स्थानीय अगुवा लल्लुराम थारुले बताए । उनले भने, ठुलो मालबाहक गाडी आउने बित्तिकै उक्त खाडलमा गाडी भासिने उच्च जोखिम रहेको छ, तर स्थानीय सरकारले मर्मतका लागि कुनै चाँसो देखाएको छैन ।

 

सडक मर्मतका लागि बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीसंग कुरा गर्दा यथासिध्र भत्केको ठाउँमा ढुङ्ग सहितको जाली हालेर मर्मत गर्ने बताए । खल्डो परेको ठाउँमा ग्राभेलले पटान गरी तत्कालका लागि सडकको जोखिम हटाउने गरी केही दिनमा काम शुरुवात् गर्ने जानकारी उनले दिए ।


उक्त सडक दुई राजमार्ग जोड्ने मुख्य सहायक सडक भएकाले चौबिसै घण्टा यात्रु तथा मालबाहक गाडी आवत्जावत् गर्ने गर्दछ ।

उक्त सडकखण्ड बाँसगढीको वडा नम्बर २ राँझादेखि बढैयाताल वडा नं. १ डाँफे जोड्ने सहायक मार्गको रुपमा बिकास समेत गरिएको छ । जुन सडक खण्डमा करिब ३५ किलोमिटर पुरौ पक्की सडकको रुपमा बिस्तार भैसकेको छ । सडक भत्किएपछि खेती किसानीका लागि नाला वारपार गर्न पनि घुमाउरो बैकल्पिक सडक प्रयोग गर्नु पर्ने भएकाले स्थानीयले निकै सास्ती भोग्नु पर्ने देखिन्छ । उक्त पुल २०५२ सालमा तत्कालिन जिल्ला बिकास समिति बर्दियाले ५ बर्ष लगाएर निर्माण गरेको थियो ।

त्यतिबेला ५ बर्ष लामो समयसम्म पुल निर्माणधिनकै क्रममा हुदां स्थानीयले खेतीकिसानी गर्न नाला टर्नु पर्दा भोग्नुसम्मको सास्ती भोगेका थिए । अहिले फेरी उक्त पुल भत्किने जोखिम बढेपछि स्थानीयहरु चिन्तित रहेको स्थानीय रोगाही थारुले बताए । जोखिमयुक्त पुलको समयमा मर्मत गरी नयाँ पुल निर्माण गर्नु पर्ने स्थानीयहरुको माग छ ।

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु