१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय युवा पक्राउ

सुर्खेत, ३१ असार-   १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बीरेन्द्रनगर नगरपालिका-३ बस्ने जाजरकोट भेरी नगरपालिका-५ घर भएका ३६ वर्षीय उदय चन्दलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उदयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु