काठमाडौं, ३१ असार- दाङ, बबई गाउँपालिका-५ छहरास्थित बबई नदीमा डुबेर तुलसीपुर उपमहानगरपालिका-७ भुमरे बस्ने १७ वर्षीय बिधान केसी र सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय कुशल बुढा मगरको सोमबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हापुरे र इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।
Advertisement
नवलपरासी पश्चिम, पाल्हीनन्दन गाउँपालिका-३ कुस्मास्थित नेपाली गण्डक नहरको शाखा नहरमा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका-३ पर्सिया बस्ने वासुदेव बानियाँको छोरा १३ वर्षीय राजेश्वर बानियाँको सोमबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









