अर्कैसँग बिहे गरेको झोकमा श्रीमतीको हत्या

 

दांग।  प्युठानको सरुमारानी गाउँपालिका –३ गोठेरीका लिलबहादुर बरालले पुर्ब पत्नी रुक्मणी बरालको चक्कु प्रहार गरी हत्या थरेका छन् । पूर्व श्रीमान चक्कु प्रहार गरी हत्या गरेका हुन् । मङ्गलबार बिहान १० बजेरतिर रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा गएकी थिईन । प्रत्यक्षदर्शीका डिलाका अनुसार, लिलबहादुरले रुक्मणीलाई फोन गरी भेट्न का थिए ।

Advertisement

बोलाएका थिए। भेट्न आएकी पुर्ब पत्नीलाई चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। इजरायलमा रोजगाररत लिलबहादुर असार २४ गते घर फर्केका थिए ।

रुक्मणीले गत वैशाखमा दिपक परियारसँग पुनः विवाह गरेको स्थानीयले बताएका छन् । दीपक १५ दिनअघि कामको सिलसिलामा सङ्खुवासभा गएका थिए। रुक्मणीका लिलबहादुरसँग एक छोरा र एक छोरी नाबालक सन्तान छन् । आमाको हत्या र बुबाको गिरफ्तारीसँगै सन्तानको बिचल्ली भएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु