कोहलपुर। बाँकेको कोहलपुरमा प्रहरीले जनगर्जन नेटवर्क प्रा.लि।. अध्यक्ष एवं सञ्चालक मनबहादुर देउवालाई नक्कली नोट र लागुऔषधसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले उक्त कम्पनी अन्तरगत चलेको जनगर्जन अनलाइनको कार्यालयबाटै पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालयका कोहलपुरका प्रमुख डीएसपी लक्ष्मी खनालले देउवालाई पक्राउ गर्दा एक हजार दरका ५१ वटा नक्कली नोट र १९ किलो ३३५ ग्राम अफिम बरामद गरेको जनाए ।
Advertisement
प्रहरीले कार्यालबाट रंगिन प्रिन्टर, मोनिटर, सिपीयूलगायत समेत बरामद गरेको छ ।









