काठमाडौं । नेपाल आयल निगम लिमिटेडले मंगलबार राति १२ बजेपछि लागु हुने गरीपेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
Advertisement
निगमका अनुसार पेट्रोलमा प्रति लिटर पाँच रुपियाँ तीन पैसा र मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपियाँ ३० पैसाले मूल्य घटेको हो ।
इण्डियन आइल कर्पोरेशनबाट मंगलबार मूल्य घटेर आएपछि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।










