गुलरिया । प्रर्याप्त बर्षा नहुँदा अन्नको भण्डार मानिएको बर्दियामा ११ हजार हेक्टर जग्गामा रोपाई हुन बाँकी छ । बर्दिया जिल्लामा ५० हजार १५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने कृषिको ताथ्यांक छ । तर, हाल हालसम्म ३९ हजार ५४ हेक्टर जग्गामा मात्र रोपाई सकिएको छ ।
मलको अभाव र पानी परेका कारण रोपाईमा समस्या देखिएको हो । त्यस्तै छिमेकी जिल्ला बाँकेमा ५८ प्रतिशत रोपाइँ भएको छ ।
नवलपरासी जिल्लामा २० हजार ४८० हेक्टर धान खेतीयोग्य जमिनमध्ये असार २७ गतेसम्म २० हजार ७० हेक्टरमा रोपाइँ भइसकेको छ । यहाँ धान खेतीयोग्य ९८ प्रतिशत जमिनमा रोपाइँ भएको छ ।
Advertisement
रुपन्देही जिल्लामा ६० हजार ५६७ हेक्टरमा धान खेती हुने भए पनि असार २७ सम्म ५४ हजार ५१० हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । प्रतिशतका हिसाबले यहाँ धान खेती हुने कुल क्षेत्रफलको ९० प्रतिशतमा रोपाइँ भइसकेको छ ।
कपिलवस्तु जिल्लामा ६५ हजार ८७१ हेक्टर धान खेतीयोग्य जमिनमध्ये अहिलेसम्म ३४ हजार ९१२ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । यहाँ धान रोपाइँको प्रतिशत ५३ मात्रै छ ।
अर्घाखाँची जिल्लामा ६ हजार ७६० हेक्टरमा धान खेती हुने भए पनि हालसम्म ५ हजार ७० हेक्टरमा रोपाइँ भएको छ, जो ७५ प्रतिशत हुन आउँछ । रोल्पामा भने धान खेतीयोग्य सबै जमिनमा रोपाइँ सम्पन्न भएको छ । रोल्पामा धान खेती हुने ४५४७ हेक्टर जमिनमध्ये सबैमा रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ ।
दाङ जिल्लामा ७५ प्रतिशत र बाँके जिल्लामा ५८ प्रतिशत रोपाइँ भएको छ । प्युठानमा भने ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यहाँ ६ हजार ५२५ हेक्टर जमिनमा धान खेती हुन्छ । अहिलेसम्म ५ हजार ९७७ हेक्टरमा रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ ।









