भारतिय नेतालाई बर्दियाको सिमामा दुर्ब्यबहार, नाउपा गम्भीर


बर्दिया । नागरिक  उन्मुक्ति पाटी नेपालको निमन्त्रणामा भारतवाट आएका नेता शेर बहादुर रानालाई  गुलरिया स्थित सिमा भन्सार कार्यालयका कर्मचारीले गरेको दुर्रव्यबहार घटनालाई पार्टीका  नेताले गम्भीरतापुर्बक लिएको जनाएका छ्न ।

उनिहरुले घटनामा संलग्न सुरक्षाकर्मि र कर्मचारीलाई  कारवहिको दायरामा  ल्याउन  स्थानीय प्रशासनसंग माग गरेका छन । पार्टीका केन्द्रीय सद्स्य ठाकुर सिँह थारुले घटनालाई  गम्भीरता पुर्बक लिएको भन्दै दुव्र्यवहार गर्ने कर्मचारि र  सुरक्षाकर्मिलाई कार्वाहीको माग गरेका छ ।

Advertisement

“नेता रानाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी नाम लिने बित्तिकै सुरक्षाकर्मिले दुरब्यबहार गर्नु पर्ने कारण  के हुन सक्छ,” उनले भने । बर्दियाको दुई वटा निर्वाचन क्षेत्र मध्य संघिय सांसद नागरिक उन्मुक्ति पाटीले जितेको छ भने दुई वटा प्रदेश सांसद जितेको छ ।

नेता  रानाका  अनुसार नागरिक उन्मुक्ति पाटीका संरक्षक रेशम लाल चौधरीको भेटघाट कार्यक्रममा जान थालेको बताएपछि भन्सार स्थित कर्मचारी गाली गलौचमा उत्रिएका थिए ।

बर्दियाका  प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले  छिमेकी देशबाट दशै मान्न नेपाल आउँने पाहुनेलाई दुर्रव्यहबार भएको दुखद घटना भएको भन्दै भन्सार कार्यालयका कर्मचारीसंग सोधपुछ भैरहेको बताए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु