नेपालगन्ज /ईकान्तिपुर – उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा एक वर्ष नाघेका मुद्दाको संख्या शून्य रहेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा जिम्मेवारी सरी आएका सबै फैसला गर्ने र नयाँ दर्ताको ५० प्रतिशत फैसला गर्ने मूल योजनाको रणनीति पूरा भएको छ ।
Advertisement
इजलासले २०८१/८२ मा ७५.७४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा कुल लगत २६४६ रहेकामा २००४ वटा मुद्दा फर्छ्यौट भएको जानकारी दिइयो । जिम्मेवारी सरी आएका ७७४ र नयाँ दर्ता भएका १८७२ मुद्दा ध्ये जिम्मेवारी सरी आएका सबै र नयाँमध्ये १२३० मुद्दा फर्छ्यौट भएका हुन् । योजनाको लक्ष्यको तुलनामा फर्छ्यौट प्रतिशत १२२.४२ रहेको छ ।
मुख्य न्यायाधीश चन्द्रबहादुर सारुका अनुसार गत आर्थिक वर्षमा ७१.४१ प्रतिशत मुद्दा फर्छ्यौट भएका थिए । अदातलको रेकर्डअनुसार प्रत्येक वर्ष मुद्दा फर्छ्यौट दर बढ्दै गएको छ । फर्छ्यौट मुद्दामध्ये जबरजस्ती करणी १४८, लागुऔषध १५१, मानव बेचबिखन तथा ओसारपसार २८, ज्यानसम्बन्धी कसुर १५५, सम्बन्ध विच्छेद ५०, अन्य मुद्दा १०६३ तथा रिट र निषेधाज्ञा ४०९ रहेका छन् ।
यसैगरी जिल्ला अदालत बाँकेले २०८१/८२ मा ५९.६८ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जिल्ला न्यायाधीश भीष्मराज प्रसाईंका अनुसार योजनाको लक्ष्यको तुलनामा ८९.५० प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । कुल ७८०४ मुद्दामा ४६५८ वटा मुद्दा फर्छ्यौट भएका छन् । जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दा भने अझै ५३ वटा छन् ।









