
नेपालगन्ज, १ साउन २०८१
नेपालगन्जमा कफीका पाराखीहरुका लागि सुबिधा सम्पन्न एमडी क्याफे एण्ड रेष्टुरेन्ट संञ्चालनमा आएको छ । बिहिबार उक्त क्याफेको उद्घाटन एक भव्य कार्यक्रमका बिच पुर्व मन्त्रि मो. इस्तियाक राईले गरेकाछन् । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश संसद भण्डारीलाल यादब, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, समाजसेवी व्यवसायि समसुल हक राई, ललित रौनियार लगायत्को सहभागिता रहेको थियो । नेपालगन्जको बिपि चोकमा खुलेको उक्त क्याफे र रेष्टुरेन्टले ग्राहकहरुलाई कफी र खाजाको नयाँ स्वाद दिने उद्देश्यले संञ्चालनमा ल्याइएको संञ्चालक मोहम्मद अहमद राईले बताए । उनले भने, कफीको म आपैm पनि पाराखी हु, कफी मलाई धेरै मन पर्छ, दैनिक आपैm पनि ४÷५ वटा कफी पिउने गर्दछु । क्याफे खोल्नु अगाडी काठमण्डौं र पोखराको बिभिन्न क्याफेको अध्ययन गरी खोलिएको उनले बताए । कफीको बिभिन्न आइटम सहित इन्डियान र चाइनिज खाजाको स्वाद लिन सकिने छ ।

युवा व्यवासायि राईको नेपालगन्जमा आप्mनै लागानीको यो दोस्रो व्यवसाय हो । १२ बर्ष अटो मोबाईल्सको व्यपार गरेर अहिले दोस्रो नयाँ व्यसाय शुरु गरेको उनले बताए । बिस्तारै चिया भन्दा कफी पिउने चलन बढ्दै गएकाले व्यवसाय फस्ताउने उनले दाबी छ ।
Advertisement
नेपालगन्जको बिपी चोक नजिक शान्त बाताबरणमा संञ्चालनमा आएको, उक्त क्याफेमा बसी कफी तथा खाजाको स्वाद लिई साथीभाई भेटघाट, गफिने, तथा युवाहरुको डेटिङ स्पोटको समेत सुबिधा रहेको छ । मिठो कफी पिउन रुचाउने उद्योगी, व्यापारी, सेलिब्रेटि, विद्यार्थीहरुले क्याफेमा गै फुर्सदको समय कफीको मज्जा लिन सकिने छन् । क्याफेमा कफि सँगै अडर अनुसार ईडियन, चाईनिज खाजाका साथै बिभिन्न परिकारहरुको पनि स्वाद लिन पाइन्छ ।










