कारागारभित्र टिकटक बनाइएपछि पीडित पक्षको आपत्त

बुटवल । कर्तव्य ज्यान मुद्दामा जेल बसेका व्यक्तिसँग कारागारभित्र टिकटक बनाएको भिडियो बाहिरपछि पीडित पक्षले आपत्ति जनाएको छ ।

दाङ तुलसीपुर कारागारभित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो ।

Advertisement

सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति जनाएको हो ।

मृतक ओलीका भाइ लक्ष्मणले ज्यान मुद्दामा कारागार चलान भएका मल्ललाई कैदी जस्तो व्यवहार नभएर कारागारभित्र टिकटक बनाउँदै रमाइलो गरेको भन्दै आपत्ति जनाए ।

उनले उच्च अदालत तुलसीपुर कारागारका जेलर वीर बहादुर सिजलले कारागारभित्र भेटघाट गरिएपनि भिडियो बनाउन नमिल्ने बताए । भिडियो बनाएको विषय आफूले मल्लसँग सोधपुछ गरेको सिजलले बताए ।

मल्ल उक्त कारागारको चौकीदार समेत हुन् । मल्ल २०७६ साल असार ३१ गते देखी थुनामा रहेका छन् । उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु