बर्दिया- शोषण र दमनका बिरुद्ध हुने बिद्रोहको अगुवाई दुई थरीले गरे । एक कमैयामाथि भइरहेको दमन देखेर सह्न नसक्ने पढेलेखेका तर हुनेखाने युवा । दोस्रो सचेत भएपछि शोषित कमैया आफैले । जननेता स्वर्गीय राधाकृष्ण थारु नामक पुस्तकमा बर्दियाबाट २००१ बाट सुरु भएको कमैया मुक्तिको अन्दोलनको क्रान्ति पश्चिम तराईको दांग, कन्चनपुर र कैलालीमासमेत पुगेको उल्लेख छ ।
५७ वर्षको लामो निरन्तर संघर्षपछि २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गर्यो । बि.स. २००१ मा राणा शासन थियो । त्यसअघि बि.स १९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरेका थिए । त्यसबापत इष्ट इण्डियाले बि.सं १८७३ को सुगौली सन्धिबाट गुमेको भूभाग मध्ये बि.सं १९१७ मा बा“के, बर्दिया, कैलाली, कन्चनपुर नेपाललाई पुरस्कार स्वरूप फिर्ता आएकोले गरे ।
Advertisement
त्यसयता राणाहरुले बर्दियालाई आफ्नो बिर्ताका रुपमा प्रयोग गर्थे । राणाहरुले आफ्ना निकटकालाई जग्गा बाँडथे । खेतिकिसानी गर्ने किसानसंग जग्गा खोसियो । त्यही समयदेखि राणा र रैतीबीचको दुरी बद्दै गयो । राणाहरुले किसानलाई रैतीका रुपमा व्यवहार गर्थे । बेथबेगारी (निशुल्क श्रमदान) राणाहरुले लगाउँथे ।
कमैयाका मसिहा राधाकृष्ण
कमैया बिद्रोहको सुरुवात बर्दिया गुलरिया कोठीया गाउँका स्वर्गीय राधाकृष्ण थारुले बिस २००१ गरेको इतिहास छ । उनका बुबा बाजेका आधा दर्जन गाउँमा जमीन्दारी थियो । बर्दियाको मोतीनगरसमेत गरी थप दुईचार मौजा थियो । तर, जमिन्दारहरुले कमैयामाथि गरिरहेको दमन, शोषण देखेर सभ्रान्त र प्रतिष्ठित परिवारका थारु जमीन्दारी रोजेनन् ।
पश्चिम तराईको बाँके र बर्दियाका रैतीहरुको मुक्तिदाता बने । राणाहरुको बिरुद्वमा लागेको भन्दै निर्वासन गरिए । राणाकाबिरुद्ध नेपालगन्जको गोश्वरा अड्डा कब्जा, नेपालगन्ज कारागारमा बम विष्फोटदेखि बर्दियाको राजापुर कब्जा गरेको राधाकृष्ण थारुको जीवनी बारे लेखिएको कितावमा उल्लेख छ । ‘उहॉको पहिलो लडाई रैतीहरुलाई जग्गा दिलाउनु थियो । जसका कारण ८ वर्ष निर्वासन हुनुपर्यो,’ लामो समयसम्म स्व. थारुसंग संगत गरेका तथा उनको जीवनी लेखक अध्यता दिनेश श्रेष्ठ भन्छन्,‘कमैया मुक्तिको आन्दोलन बर्दियाबाटै पहिलो पल्ट सुरु भएको हो । पछि दांगदेखि कन्चनपुरसम्म फैलियो ।’
राणा शासन भएका कारणले कमैयाहरुलाई एक ठाउ“मा जम्मा गर्ने सम्भव थिएन । राधाकृष्णले नया“ जुक्ति निकाले । बि.स. २००१ मा बर्दियाको मैनापोखरका जोधिराम साधुको घरमा भण्डारा चलाए । हजारौ मानिसहरु जम्मा भएको भिडको फाईला उठाउदै सम्बोधन गरेको दास्तावेज भेटिन्छन् । नेता राधाकृष्णको सम्बोधनलाई सोमप्रसादले आफ्नै कपीमा लेखेका छन्,‘किसान साथीहरु । खेती गर्नका लागि नम्बर जग्गा हुनुपर्यो ।
कुलो, खानेपानी र सडक हुनु पर्यो । छोराछोरीलाई पढाउन बिद्यालय चाहियो । औषधि गर्न अस्पताल खुल्नु पर्छ । सबै जनतालाई उचित न्याय मिल्नु पर्छ,’ ‘तपाई रैतीहरुसंग बस्ने जग्गा र खेतीका लागि जमिन छैन भने मानजली (माल अड्डा) को के काम ? पहिले बर्दियाका रैतीहरुको नाममा जग्गा दर्ता हुनु प¥यो । दरबारमा बिन्ती पनि चढाईयो । तर, केही सुनुवाई हुन सकेको छैन ।’
उनका अनुसार बि.स. २००२ मसिरमा पदमशम्सेर श्री ३ महराज बने । त्यसका लागि गोप्यरुपमा रैती र जनताको सही छाप लिने अभियान चलाइयो । उक्त अभियानमा सर्जुप्रसाद, बिक्रम, दिलिपत थारु लगायतका जमीन्दारहरुले साथ दिए । साधाकृष्णलाई साथ दिएको भन्दै ति जमीन्दारहरुलाई मोहनशम्सेर राणाले पक्राउ गरी जंगी अड्डामा पुर्याए । धम्काए । काराबासको धम्की दिए । मोहन शम्सेरले यिनीहरु कांग्रेसी हुन, किसान र रैतीलाई भड्काए । सजाय हुनु पर्यो सरकार भन्दै बिन्ती चढाए । रैतीहरुलाई जग्गाधनि बनाउने निरन्तर दबाव दिएपछि बि.स २००४ सालमा रैती जनताहरुको गुनासो सुन्न र जग्गा नापीका लागि राणाहरुले बडाहाकिम ब्रहमशम्सेरको नेतृत्वमा टोली बर्दिया पठाइयो । टोलीका सदस्यमा शारदा शम्सेर र मोहन शम्सरेका कान्छा भाई विजयशम्सेर थिए । उनको पहलमा बर्दियाको ८१ हजार बिगहा जग्गा नापी भयो ।
ति मध्ये ५४ हजार बिगहा जमिन्दारका देखिए । २७ हजार विगहा जग्गा रैतीले पाए । २७ हजार जिगहा जग्गा जमीन्दारले पाए । जग्गा रैतीका नाममा नापी गरेर टोली फर्केपछि फेरि ज्यादती सुरु भयो । जमीन्दारहरुले फेरि जग्गा खोस्न थाले । राधाकृष्ण फेरि बिन्तीपत्र लिएर काठमाडौं पुगे । बिन्तीपत्रपछि बासुदेव प्याकुरेलको नेतृत्वमा फेरि अधिकार सम्पन्न कमिसन नै पठाइयो । उक्त कमिशनले २५ हजार विगहा जग्गा किसानको नाममा दर्ता नै गरिदियो । उनले जेठ बेगार नै बन्द गराई दिए । जमीन्दारहरु क्रुढ बन्दै गए । २००७ मा राणाबिरुद्ध आन्दोलन चर्कियो । क्रान्तिकारीहरुले कमैया मुद्दालाई प्राथमिकताका साथ उठाए । अन्नको मण्डार मानिने राजापुर क्षेत्रको ११ गाविसमा जग्गा कसको जोत्ने को, घर कसको पोत्नेको नारा लाग्यो । कांग्रेसको क्रान्तिकालिन घोषणामा त्यही नारा लेखिएको थियो । रैतीका नाममा जग्गा नहु“दासम्म जोत्नेले तीन भाग बटैया पाउनु पर्ने माग उठ्यो । कमैयाका तर्फबाट भावगतदास थारु र बदालपरका उत्तमराम थारुले नेतृत्व गरेको अध्येता श्रेष्ठ बताउछन् ।
६ जनाको हत्या (खलियानमा)
कांंग्रेस र हुनेखाने पढेलेखेका युवाहरुले सुरुवात गरेको कमैया मुक्ति भुसझै फैलिदै गयो । किसानहरुमा पनि चेत खुल्दै गयो । जमिन्दारहरुले गर्ने शोषणका बिरुद्ध उनीहरु पनि मोर्चामा लागे । ‘२००८ बैशाख १५ गते मानपुर टपराको बेलवा गाउँका जमिन्दार बिदुरनरसिंह राणाको खलियानमा किसानहरु जम्मा भई जग्गा कसको जोत्नेको नभए तीन भागको दुई भाग अन्न किसानले पाउनु पर्ने माग उठाए ।
जमिन्दारले प्रहरी प्रशासनसंग मिलेर कमैयाबाथी दमन गरे । जमिन्दार बिदुरनरसिंह स्वयंमले पनि कमैयामाथि गोली बर्साए । उक्त गोली काण्डमा चापु, लक्ष्मीप्रसाद, पतिराम, डिबुवा, पेपुवा र कोईली थारु गरी ६ जनाको मृत्यु भयो । १७ जना घाईते भए,’ एक्सन एडद्धारा प्रकासित कमैया मुक्तिको लामो यात्रा ः एक संगालोमा उल्लेख छ ।
कान्द्रा आन्दोलन
कमैया मुक्ति आन्दोलनका लागि कान्द्रा आन्दोलन निकै चर्चित छ । यहाँ दुई पल्ट निकै ठूला कमैया आन्दोलन भए । २०२१ सालमा बर्दियामा जग्गा नापी भएपछि निकै ठूलो संख्यामा कमैयाले जग्गा गुमाए । जमिन्दारले आफन्त, नातागोतामात्रै होईन कुकुरको नाममा पनि जग्गा लुकाएको भन्ने गरिन्छ । जग्गा लुकाइएका कारण कमैया भूमिहिन हुँदै गए । उनीहरुको नजरमा तारातालको उत्तर तर्फ रहेको कान्द्रा फॉट प¥यो ।
५ सय हेक्टर फाँटामा कमैयाहरु टहरा बनाएर बसे । तर शाही शिकार बनाउने भन्दै त्यहाँबाट कमैया लखेटिए । तर २०४६ सालको जनआन्दोलनपछि मुलुकमा प्रजातन्त्र आएपछि कान्द्रा फा“टामा फेरि पनि कमैयाहरु टहरा बनाए । करिव ३ हजार ५ सय टहरा बने । १५ हजार बढीको बसोबास भयो । कमैयाहरु एकात्रित भए । जग्गा प्राप्तीका लागि निरन्तर आन्दोलन सुरु गरे । तत्कालिन नेकपा (माक्र्सबादी) का अध्यक्ष मनमोहन अधिकारी पनि त्यहा“ पुगेका थिए । आन्दोलनमा कमैया काशीराम थारु (सांसदमा निर्वाचित । हाल मृत्यु भइसकेको), नेकपा एमालेका तत्कालिन जिल्ला सदस्य देवबहादुर राना( पछि जिल्ला सभापति भए, हाल मृत्युभईसकेको), कमैया रामबहादुर थारु (हाल वडा अध्यक्ष) ले नेतृत्व गरेका थिए ।
२०४९ मा सरकारले उक्त फा“टामा हात्ती लगाएर घर भत्काइयो । आगो लगाईयो । कमैयाहरु सदरमुकाम गुलरिया घेरे । ‘हाम्रो घर भत्काएपछि हजारौ हामी कमैयाले गुलरिया घेराउ गरेका थियो । सडकमा बस्यो । पछि सरकारले करिव १९ हजार कमैया रहेको बतायो । समस्या समाधान गर्ने प्रतिबद्धता जनायो । तर एक हजारमात्रैले जग्गा पाए,’ कान्द्रा आन्दोलनका एक अगुवा हाल बारबर्दिया नगरपालिका १ का वडा अध्यक्ष रामबहादुर थारुले भने,‘विभिन्न चरणमा आन्दोलनहरु भए । तर हालसम्म सबैले जग्गा पाउन सकेका छैनन् ।’
रामबहादुर दांगबाट बिस्थापित भएर बर्दिया आएका थिए । कान्द्रा आन्दोलनपछि मात्रै सरकारले कमैयाको मुद्दा सुन्न थालेको देखिन्छ । सयौं कमैयाले त्यही फाँटामा जग्गा पाए ।
कमैया आन्दोलनमा सहभागि मोतिपुरका जोखन चौधरीले बिद्रोहले नै मुक्ति सम्भव भएको बताउछन् । त्यसक्रममा थुप्रैले बलिदानी दिए । ‘घर बनाउने जग्गा नभएका कमैयालाई कम्तिमा घरबास भयो । पहिलो चरणकाले दुई÷तीन बिगहा नै पाए,’ उनले भने,‘त्यती बेलाको घटना सम्झिदा फिल्मजस्तो लाग्छ ।’
ढोढरी बिद्रोह
बर्दियामा कमैया आन्दोलनमा जंगली थारु र जग्गा पाण्डेको पनि योग्दान निकै ठूलो रहेको छ । तत्कालिन ढोढरी गाविस ३ माचडको हुलाकी सडक छेउको खाली जग्गामा बस्ती बसाए । माचड, डल्ला, खोक्ररहीयामा ९ हजार टहरा बनाईए । पछि बर्दिया राष्ट्रिय निकुन्जले अन्यत्र बस्ती सा¥यो । कान्द्रा कमैया आन्दोलनका तत्कालिन अध्यक्ष तथा ढोढरी कमैया बिद्रोहका अगुवा जग्ग पाण्डे भन्छन्,‘कान्द्रा आन्दोलनदेखि नै कमैया मुक्तिमा लागियो । धेरैले जग्गा पाए । तर केहीले जग्गा पाउन सकेनन् ।’
यसरी भए कमैया
राणाहरुले इष्ट इण्डियाबाट बर्दिया फिर्ता हुनुअघि थारु चौधरीको बसोबास थियो । उनीहरुको आफ्नै जग्गा थियो । तर राणाहरुले पुरुस्कारका रुपमा पाएपछि खेतिका लागि कर उठाउन सुरु गरे । ‘कर तिर्न नसकेर कतिपय थारुको जग्गा खोसियो । आम्दानीको स्रोत खेतिलाई बनाउन थाले । खेति गर्नका लागि कामदार खोज्न थालियो । त्यती बेला दांगका थारुमाथि शोषण चरम थियो । उनीहरु जमिन्दारको दमन सहन नसकेर बर्दिया आए,’ कमैया आन्दोलनमा लामो समयसम्म बिताएका बर्दियाका दिनेश श्रेष्ठ भन्छन्,‘यसरी कमैया प्रथाको सुरुवात भएको हो । लामो समयपछि उन्मुलन भयो ।’
(यो लेख यसघि कान्तिपुरमा प्रकाशन भएको थियो)