बाँके शम्सेरगन्ज बस दुर्घटनामा मृत्यु भएका ६ जना बर्दियाको ठाकुरबाबा नगरपालिकाका   

 

२३ भदौ, नेपालगन्ज । बाँकेमा बस दुर्घटना हुँदा  बर्दिया ठाकुरबाबाका मृत्यु भएका ६ जनाको सनाखत भएको छ ।

Advertisement

कोहलपुरको शम्शेरगञ्जमा शुक्रबार राति बस दुर्घटना हुँदा मृत्यु हुनेहरूमा बर्दियाको ठाकुरबाबा-९ का ५० वर्षीय काँशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय रुपा परियार, जयन्ति थारु, ६५ वर्षीय साँधुराम थारु र वडानम्बर ८ का ४५ वर्षीय जुगबहादुर चन्द रहेका छन् ।

मृतक एक जनाको भने सनाखत नभएको प्रहरीले जनाएको छ । नाम र वतन नखुलेका करिब ३५ वर्षीय पुरुष गाडीका स्टाफ भएको प्रहरीले जानकरी दिएको छ ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये दुई जना गम्भीर रहेका छन् भने १२ जना मध्यम र १५ जना समान्य छन् ।

बसमा ४१ यात्रु रहेका थिए । त्यसमध्ये ५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दाङबाट बर्दियातर्फ जाँदै गरेको ना७ख २३२१ नम्बरको बस बाँकेको शम्शेरगन्जमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएर शुक्रबार राति दुर्घटना भएको हो ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु