बर्दिया-बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ१ ग्राम ४ सय मिलिग्राम सहितबाँके बैजनाथ गाउँपालिका-५ बस्ने १९ वर्षीय गौरव थारूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
Advertisement
यसैगरी बर्दिया, गुलरिया नगरपालिका-७ बदालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय अशोक कुमार यादव र सोही नगरपालिका-४ खैरी बस्ने ४३ वर्षीय राम प्रसाद रैदास रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।









