डुबेर मृत्यु

कैलाली, ४ साउन- लम्कीचुहा नगरपालिका-६ बाकमारास्थित रानिजमरा सिंचाइ आयोजनाको नहरमाडुबेर सोही नगरपालिका-६ स्थित ससुराली घरमा बस्दै आएका दैलेख आठबिस नगरपालिका-२ सिगौरी घरभएका २२ वर्षीय प्रेम रसाइलीको शनिबार दिउँसो मृत्यु भएको छ ।

नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाकाप्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु