बाँकेमा दुई जना मृत फेला

बाँके, ४ साउन-कोहलपुर नगरपालिका-६ स्थित सिक्टा नहरमा सोही नगरपालिका-६ प्रगतीनगरडेरा गरी बस्ने कालिकोट महावै गाउँपालिका-१ घर भएकी २१ वर्षीया चन्द्रा शाही शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ बस्ने ७० वर्षीया खिर्मा जैशी सोही ठाउँस्थित दश बिगाह उत्तर गेट नजिकै सडक छेउमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु