राँगा चराउने बेला चितुवाको आक्रमणमा परी बैदीका दिनेश घाईते

बर्दिया —  राँगा चराउन गएका बेला चितुवाको आक्रमणमा परी    बारबर्दिया नगरपालिका–१० बैदीका दिनेश चौधरी घाइते भएका छन् ।

 

Advertisement

चितुवाको आक्रमणमा उनको घाँटी र छातीमा गम्भीर चोट लागेको छ । घटना लगत्तै स्थानीयले होहल्ला गरेपछि चितुवा भागेको प्रहरीले जनाएको छ । उनलाई कतरनियास्थित प्रहरी चौकीबाट खटिएका प्रहरीले उद्धार गरी नगर अस्पताल जयनगर लगिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु