दुई मुहान खोलामा दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा दुई जनाको मृत्यु, एक बेपत्ता

तिलोत्तमा — रुपन्देहीमा खोलामा मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

कोटहीमाई गाउँपालिका १, अमरगंज स्थित दुई मुहान खोलामा दुर्गा भवानीको मुर्ति बिसर्जन गर्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् ।

Advertisement

दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीके जनाएको छ ।

मृत्यु हुनेमा सोही गाउँका २४ वर्षीय अजयकुमार नाउ र १८ वर्षीय अजय भर रहेका छन् । बेपत्ता हुनेमा २० वर्षीय सन्तकुमार राजभर रहेका छ्न ।

 

बेपत्ता राजभरको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

विजया दशमीका दिन मंगलबार दिउँसो साढे १ बजे गाउँका हजारौं मानिस मुर्ति बिसर्जन गर्न खोलामा गएका थिए । सोही क्रममा तीनजना डुबेर बेपत्ता भएका थिए ।

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु