राबा बैंक कर्मचारी संघको स्थापना दिवसको अवसरमा औषधिजन्य तथा खाद्यान्न सामग्री वितरण

नेपालगन्ज- राष्ट्रिय वाणिज्य बैंक लि मा रहेको सबैभन्दा पुरानो युनियन राष्ट्रिय वाणिज्य बैक कर्मचारी संघ नेपाल (RABBEA NEPAL) को ३६ औं वार्षिकोत्सव को अवसरमा खाद्यान्न तथा औषधिजन्य सामग्री वितरण गरिएको छ ।

Advertisement

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ लुम्बिनी प्रदेश कमिटीको आयोजनामा नेपालगन्जमा रहेको मानव सेवा आश्रममा खाद्यान्न तथा औषधि वितरण गरिएको हो । । लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा कार्यक्रम सन्चालन भएको कार्यक्रममा संघका केन्द्रिय सदस्य सुजन ददेल, राजेश सुनार, नेपालगन्ज, कोहलपुर, गुलरिया, खजुरा, लगायतका शाखा प्रन्धक एबम कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन आशिष ज्यावालीले गर्नुभएको थियो भने स्वागत मन्तव्य अमित गुभाजुले गर्नु भएको थियो । संघको स्थापना दिवसको अवसर देशैभरी विभिन्न कार्यक्रम आयोजना गरेको छ । संघ्क केन्द्रीय सदस्य ददेलले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवसको अवसरमा कार्यक्रम गरिएको बताउनुभएको छ।

 

हाल संघ वाणिज्य बैंकमा रहेको सबैभन्दा ठूलो र जेठो युनियनको रुपमा रहेको छ । साथै मानव सेवा आश्रम नेपालगन्जकि कार्यक्रम संयोजक बिश्नु घर्तिले धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु