पशुपति नाथको दर्शन गर्न बर्दियाबाट काठमाडौँ पुग्न तीन जना साइकल यात्रामा

गुलरिया। बाँसगढी नगरपालिका वडा न. ७ सगहापुरका शालिकराम यादव सर्बोच्च अदालतले तोकेको तारेख लिन साईकलमा काठमाडौँ पुगेको सचामार भाईरल बनेको केही महिनापछि बर्दियाको गुलरिया नगरपालिका ३ का तीन जना स्थानीय काठमाडौँस्थित पशुपति नाथको दर्शन गर्न साइकलमै हिडेका छन् ।

गुलरिया नगरपालिका– ३ तेजिपुर गाउँका जितेन्द्र कुमार यादव, दयाराम रैदास र मालती प्रसाद गोडिया पशुपति दर्शन गर्नका लागि गुलरियाबाट साइकल यात्रा सुरु गरेका हुन ।

Advertisement

उनीहरुलाई गुलरिया नगरपालिका–३ का अध्यक्ष सर्वजित यादवलगायतले सोमबार शुभकामना दिंदै यात्राका लागि बधाई दिएका छन् ।
सावन सुरु भएयता बालेबम भक्तजनहरु बिभिन्न मन्दिरमा दर्शन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु