संसदीय समितिमा जलस्रोत बिधेयकबारे छलफल हुदैँ

 

काठमाडौं, ७ साउन । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।

Advertisement

 

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ, जुन बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ ।

 

साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ, जुन बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास लगायतमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु