पूर्वमन्त्री रञ्जिता श्रेष्ठको अख्तियारमा बयान सुरु

काठमाडौं। पोखरा जग्गा दर्ता काण्डमा मुछिएकी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा पुर्ब मन्त्री रञ्जिता श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन सुरु गरेको छ ।

अख्तियारले उनलाई बयानका लागि विहान १० बजेदेखि उनीसँग सोधपुछ शुरु गरेको बताइएको छ । मालपोत कास्कीका कार्यालय प्रमुखको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानविनका सिलसिलामा अख्तियारले पूर्वमन्त्री श्रेष्ठको पनि संलग्नता भेटेपछि बयानका लागि बोलाएको हो ।

Advertisement

निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्रयाकिङका क्रममा अख्तियारको अनुसन्धान गर्ने टोलीले केही शंकास्पद कल र म्यासेजहरु फेला पारेको थियो ।

‘त्यही सिलसिलामा हेर्दा तत्कालिन मन्त्री रञ्जिताले उनीसँग समेत रकम मागेको भेटियो’ अख्तियारस्रोतले भन्यो, ‘उनी मात्रै होइन, उनको नीजि सुरक्षा अधिकृत९पीएसओ०को मोवाइलबाट समेत लेनदेन सम्बन्धी शंकास्पद म्यासेज आदानप्रदान भएको भेटिएपछि बोलाइएको हो ।’

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु