७ साउन, काठमाडौं । सेयर बजार लगातार बढेको छ । आज बुधबार बजार ५।१७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २९८० अंकमा पुगेको छ । आज दिनभर बजार बढी उतारचढावपूर्ण रह्यो ।
Advertisement
२ स् १० बजे बजार २९५१ अंकमा झरेको थियो । त्यसपछि खरिद पक्ष बलियो बन्यो र बन्द हुँदा २९७८ अंकमा पुग्यो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन २० अर्ब ८ करोडको कारोबार भएकोमा आज १९ अर्ब ५७ करोडको भयो । ९८ कम्पनीको मूल्य बढ्दा १५२ को घट्यो ।
आज फाइनान्स समूह सबैभन्दा धेरै ३।२३ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०।८८, लगानी ०।९०, उत्पादन तथा प्रशोधन ०।४०, अन्य १।४४ र व्यापार ०।३१ प्रतिशत बढे ।
होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १।१० प्रतिशत घट्यो । बैंकिङ ०।२५, विकास बैंक ०।९२, जीवन बीमा ०।५०, माइक्रोफाइनान्स ०।७२ तथा निर्जीवन बीमा ०।६१ प्रतिशत घटे ।
दुई नयाँ कम्पनी ट्रेड टावर र सान्भी इनर्जीको मूल्य १० प्रतिशत बढेको छ । ट्रेड टावरको मूल्य ५८९।३० तथा सान्भीको ५२५।४० रुपैयाँ पुगेको छ ।
त्यस्तै ग्रीन भेन्चर्सको मूल्य ९।४, लिबर्टी इनर्जीको ७।०८ तथा बेस्ट फाइनान्सको ५।९७ प्रतिशत मूल्य बढ्यो । भूगोल इनर्जीको ५।३२, ग्रिन डेभलपमेन्ट बैंकको ४।२६, अभियान लघुवित्तको ४।१३ तथा आरएसडीसी लघुवित्तको ४।१० प्रतिशत मूल्य घट्यो ।
धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, निफ्रा, बुटवल पावर र नेपाल पुनर्बीमा क्रमशः छन् ।अनलाईन खबर ।









