मानखोलामा पहिचान नखुलेको शव फेला

 

बर्दिया— बढैयाताल गाउँपालिका–४ स्थित मान खोला किनारमा एक पुरुषको शव फेला परेको छ । बुधबार राति साढे १० बजेतिर शव फेला परेको मैनापोखर प्रहरीले जनाएको छ ।

Advertisement

पहिचान नभएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पहिचान नखुलेको शवलाई बर्दिया अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

५ फिट ५ इन्च उचाइ, खरानी रङको कुर्ता, रातो गन्जी, खरानी रङको हाफ कट्टु र टाउकोमा भादगाउँले टोपी रहेको पहिचान नखुलेको शव पुरुषको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु