नेपालगन्ज — बाँके र बर्दियामा दुर्गाको मूर्ती शान्तिपूर्वक विसर्जन गरिएको छ । मुर्ति बिसर्जन गर्ने क्रममा ब्यापक सुरक्षा तैनाथ गरिएको थियो ।
Advertisement
मूर्ति बिसर्जन गर्नुपहिले नगर परिक्रमा गरी बाँकेको राप्ती नदी तथा मानखोलामा र बर्दियाको भादा नदिमा विसर्जन गरिएको छ ।
बाँकेको कम्दीघाटमा रहेको राप्ती नदीमा दसैंमा स्थापना गरिएका करिब ४ सय भन्दा बढी संख्यामा मूर्ति विसर्जन गरिएको छ । कोहलपुर र खजुरा क्षेत्रमा स्थापना गरिएका यस्ता मूर्ति मानखोलामा बिसर्जन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
दुर्गा भगवतीका मूर्तिहरू शान्तिपूर्वक बिसर्जन गर्नको लागि सुरक्षा प्रबन्ध मिलाउन १ हजार ५ सय नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाइएको र सुरक्षाको थप प्रबन्ध मिलाउन ड्रोन क्यामराबाट निगरानी राखिएको थियो ।









