काठमाडौँ — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना काठमाडौंको एक होटलबाट पक्राउ गरेको छ ।
Advertisement
उनलाई महाराजगन्जको शाम्बाला होटलबाट गएराति प्रहरीले नियन्त्रणमा लिएको हो ।
चक्रे मिलनले जन्मदिन मनाउने नाममा होहल्ला गरेर सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको प्रहरीको भनाइ छ ।
‘बिहीबार दिनभर अन्य सवारी आवागमनमा असर पुर्याएको र अरुलाई आतंकित पार्ने गरी सवारीका लावा लस्करसहित हिँडेको पाइयो,’ अपराध अनुसन्धान कर्यालयका एसएसपी रमेश बस्नेतले भने, ‘होटलमा पनि अरुलाई प्रतिकूल हुने गरी गतिविधि गरेको पाएपछि नियन्त्रणमा लिएका हौं ।’
पक्राउ परेका सबैलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।









