काठमाडौं। हाजिरीको विषयमा विवाद हुँदा थारू आयोगका सदस्य शान्ति मोदीले कार्यबाहक अध्यक्ष सुबोध सिंह थारूलाई कार्यकक्षभित्रै ताला लगाएर थुनिदिएकी छन् । काम गरिरहेका बेला सदस्य मोदीले बाहिरबाट ताला लगाइ दिएपछि पुगेको प्रहरीले ताला खुलाएर कार्यबाहक थारुलाई बाहिर निकालेको छ ।
आयोगका सदस्य शान्ति मोदी एक हप्ताको बिदा लिएर एक महिना गायब भएको र अहिले सबै हाजिरी गर्न पाउनुपर्छ भन्दै ढोकामा ताला लगाउन खोजेपछि विवाद बढेको आयोगका कार्यबाहक अध्यक्ष सुवोध सिंह थारूले जनाए ।
Advertisement
यता, सदस्य मोदीले आफू बुधबारदेखि कार्यालय आइरहेको भएपनि हाजिरी गर्न नदिएपछि कार्यबाहक अध्यक्षको कार्यकक्षमा ताला लगाइदिएको स्वीकार गरिन् ।
पछि आफैले प्रहरी बोलाएर खोल्न लगाएको सदस्य मोदीले बताइन् ।








