नवलपुर । बर्षामा दैनिकजसो पहिरोले अवरुद्ध हुने पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्र्तगतको दाउन्नेको सडक फेरि अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर नजिकै पहिरो खसेका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनएको छ ।
Advertisement
प्रहरीका अनुसार पहिराले चिप्लो भएका सडकका कारण गाडी गुड्न नसक्दा एकतर्फी सञ्चालन भए पनि दिउँसोदेखि पहिरोले पूर्णरूपमा अवरुद्ध भएको छ । बाटो पूर्णरूपमा अवरुद्ध हुँदा गाडीको लामो जाम देखिएको छ ।
सडक अवरुद्ध हुँदा सर्वसाधारणहरुलाई सास्ती खेप्न परेको छ ।









