राप्तीनदीमा बाढीः सर्तक रहन आग्रह

 

नेपालगन्ज। राप्ती नदीको पानीको सतह ५ मिटर ७४ सेन्टिमिटर पार गरेको छ । राप्ती नदीले चेतावनी तह चार मिटर ७० सेन्टिमिटर पार गरेर चार मिटर ८६ सेन्टिमिटर पुगेकोले जोखिम हुन सक्ने सबै तटीय क्षेत्रका स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

Advertisement

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले राप्ती सोनारी जलमापन केन्द्रको जलसतहले चेतावनी तह पार गरेको र बढ्दो क्रममा रहेको जनाए ।

त्यस्तै बाँकेको कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा पनि जलसतह सतर्कताको विन्दु नजिक पुग्न लागेको उनले बताए ।

 

कसुममा पानीको सतह सात मिटर पुगेपछि जिल्लाका धेरै ठाउँ डुबान र बाढीमा पर्ने हुँदा सबैलाई अलर्ट गरेर तयारी अवस्थामा राखिएको छ ।

भारतले अन्तर्राष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनी डुबानमा पर्दै आएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु