उत्तराखण्डमा बाढीः मधुवनका एकै परिवारका तीनसहित बर्दियाका चार जना बेपत्ता

 

गुलरिया । मजदुरी गर्न भारतको उत्तराखण्डस्थित पुगेका बर्दियाका एकै परिवारका तीनसहित चार जना बहिरो पहिरोमा परी बेपत्ता भएका छन् ।

Advertisement

पौडी जिल्लाको वाकुडास्थित बिनु नदीमा बुधबार बिहान अकस्मत आएको बाढीपहिरोमा परी बर्दिया मधुवन नगरपालिका– ६ का करिब ४० वर्षका नरेन्द्र खड्का, श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय रोशन खड्का र मधुवन नगरपालिकाकै वडा नम्बर ५ बस्ने अमृता परियार बेपत्ता भएको बर्दिया प्रशासनले जनाएको छ ।

वाकुडामा मधुवन नगरपालिकासहित बर्दिया जिल्लाका करिब ४५ जना श्रमिकहरु कार्यरत रहेको प्रारम्भिक जानकारी आएको बताइएको छ । बेपत्ता भएकाहरुको खोजि कार्य भइरहेको भारतीय अधिकारीहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु