

नेपालगन्ज, आईतबार २२ साउन २०८२
Advertisement
शम्भु थारु
बर्दिया बढैयाताल गाउँपालिका ६ मैनापोखरका निर्मल थारुको कोहलपुर १४ हवल्दारपुर स्थित यो यो प्लाई उद्योगमा काम गर्ने क्रममा मेसिनमा हात पेलियो । उपचार गराउदां उहाँले दायाँ हात गुमाउनु प¥यो । कम्पनीसंग क्षतिपुर्तिका लागि श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा उजुरी समेत दिएको पीडित निर्मलका श्रीमति अनिता थारुले बताइन् । तर श्रम कार्यालयमा यो यो कम्पनीका संञ्चालक राजिव श्रेष्ठले २|२ पटक उपस्थित नहुदां क्षतिपुर्तिका लागि छलफल समेत हुन नसकेको उनले गुनासो गरिन् । कम्पनीका संञ्चालक राजिव श्रेष्ठसंग यो बिषयमा बुभ्mन खोज्दा उनले सम्पर्कमा आउन चाहेनन् ।
पीडित परिवारले शुरुमा न्यायका लागि जिल्ला प्रकारी कार्यालयमा उजुरी लिएर ३ पटक गएका थिए तर उजुरी दर्ता नगरी श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा पठाइयो । त्यहाँ असार १९ गते उजुरी दर्ता गरिएको थियो । उजुरी दर्ता भएपछि श्रम कार्यालयले कम्पनीका संञ्चालक राजिव श्रेष्ठ संग सम्पर्क गरेर कार्यालयमा उपस्थित हुन भनियो । तर संञ्चालक आफु उपस्थित नभएर प्रतिनिधि पठाका थिए । तर छलफल हुन सकेन । त्यतिबेला १० दिनको समय माग गरिएको थियो । दोस्रो पटक साउन २१ गते दुई पक्षिय छलफल र सहमतिका लागि उपस्थित हुन पत्र पठाएको थियो । तर पीडित पक्ष उपस्थित भएपनि कम्पनीका संञ्चालक राजिव श्रेष्ठ उपस्थित नभएपछि क्षतिपर्तिका लागि सहमति हुन नसकेको श्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख पिन्टु कुमार रजकले बताए । उनले भने, फोन सम्पर्क गर्दा तेस्रो पटक फेरी एक हस्ता साउन २७ गतेसम्मको समय माग गरेको उनले बताए ।
उक्त प्लाई उद्योगमा पीडित निर्मल थारु गत बैशाखबाट काम गर्दै आएका थिए । काम गर्न लागेको दुई महिनामै, गत असार १० गते काठ चिर्ने मेसिनबाट काठ टान्नेक्रममा हात पेलिएर घट्न भएको थियो । उहाँ २० दिन नेपालगन्ज मेडिकल क्लेजमा भर्न भएर औषधी गराएको उनले बताए । शुरुमा अस्पतालमा भर्न हुदां अप्रेशन खर्च लगायत्को सबै खर्च कम्पनीले दिए पनि डिस्चार्ज गर्ने बेलामा सम्पर्क बिहिन हुदां आफुहरुले नै अस्पतालको डिस्चार्ज गर्दा ३५ हजार औषधी खर्च तिरेर घर आएको उनले बताइन् । अहिले कम्पनीले जिम्म लिएको खानाको ९ हजार रुपैया पनि होटलमा नतिरेकाले साहुले आफुहरुसंग फोन गरेर माग गरिरहेको छ । अहिले न्यायका लागि श्रम कार्यालयको ढोका ढाईरहेको, उनले दुःखेसो पोखिन् । पीडित परिवारले कम्पनीसंग अस्पतालबाट डिस्चार्ज हुदां लागेको खर्च , बीमा गरेको रकम, बाँकी रहेको होटल र औषधीको खर्च, छोराको पढाई खर्च, पीडित निर्मलको पुर्ण रुपमा उपचार र हातमा कृतिम पन्जा लगाउनु पर्ने माग रहेको छ ।









