बर्दिया । मुलुकभरी जनैपुर्णिमा मनाई रहँदा देशभरका मधेसी समुदायले फरक तरिकाले रक्षाबन्धन मनाएका छन् ।
दिदी बहिनीले दाजुभाईको हातमा राखी (धागो) बाँधेर पर्व मनाए । उक्त समुदायले राखीलाई रक्षा कवचका रुपमा लिने गरिन्छ । दिदीबहिनीले राखी बाँधेपछि दाजुभाईले जुनसुकै अवस्थामा पनि रक्षा गर्ने प्रतिबद्धता गर्छन । दाजुभाई नभएका दिदिबहिनीले अरु पुरुषको हातमा राखी बाँध्न सक्छन् ।
Advertisement
नेपालगन्जकी आरती पटेलले पनि रक्षाबन्धन पर्वलाई रक्षा कवचका रुपमा मनाइएको बताईन । रक्षाबन्धन पर्व मनाउने परम्परा निकै पुरानो हो । यो धार्मिक तथा पौराणिक कथासंग पनि जोडिएको छ । जानकारहरुले रक्षाबन्धन बारे अनेक किबदन्ती सुनाउछन् । राजा बली र बिष्णु भगवानसंग जोडिएको अरिओम पाठक बताउँछन् ।
राजाबलीले विष्णुलाई सर्बस्व दान दिए । राजावलीका श्रीमतिले विष्णुलाई रक्षाबन्धन बाँधेपछि विष्णुले राजाबलीलाई मुक्त गरेको किवन्ती छ ।
दाजु र बहिनीको पवित्र चाड रक्षाबन्धनको चहलपहल नेपालगन्जमा बुधबारबाटै सुरु भएको हो । नेपालगन्जको त्रिभुवनचोकमा मेला नै लागेको छ । महिलाहरुले आफ्ना दाजुभाईलाई विभिन्न प्रकार राखी बांधेर मिठाई खुवाए । राखीको मुल्य १० रुपैयादेखि एक हजारसम्म पर्छ । दाजुभाईले इच्छा अनुसार दिदिबहिनीलाई दक्षिणा दिने चलन मधेसी समुदायमा छ ।
मधेसी समुदायले दाजुभाईको हातमा राखी बाधेर मनाउने चलन अन्य समुदायले सिक्न थालेका छन् । दाजुभाई नभएका दिदिबहिनीहरुले नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा पुगेर राखी बाधे । जनै पूर्णिमा रुपमा मनाउनले समुदायले जनै फेरेर पर्व मनाए ।









