जनकपुर लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किए

जनकपुरधाम । भांगहा तर्फबाट जनकपुरतर्फ जाँदै गरेको रेल र बागमती प्रदेश ०१ ५ च १२९० नम्बरको कार जनकपुरको थापाचोकस्थित लिक क्रस गर्ने क्रममा ठोक्किएका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Advertisement

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु