नेपालगन्जमा फातिमा फाउण्डेशनको नयाँ भवन उद्घाटन

नेपालगन्ज, आईतबार २५ साउन २०८२
नेपालगन्जमा मुस्लिम समुदायको उत्थान र सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको फातिमा फाउण्डेशन नेपालको नयाँ सबिधा सम्पन्न भवनको उद्घाटन गरिएको छ । नेपालगन्ज ८ रंगशाला जाने बाटोमा निर्माण गरिएको उक्त भवन आईतबार एक भव्य समारोहका बिच नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले उद्घाटन गरे । भवन उद्घाटन गर्दै मयेर बिष्टले फातिमा फाउण्डेशनका संस्थापक अध्यक्ष स्वा. मोहम्मद्दी सिद्दिकीको योगदानको स्मारण गर्दै, अब यो सुबिधा सम्पन्न भवनबाट संस्थालाई समाजिक सेवाका क्षेत्रमा काम गर्न सहज हुने बताए । अगामी दिनमा संस्थासंग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता समेत मेयर बिष्टले जनाए ।

Advertisement

 

त्यस्तै कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दिपेन्द्र कुमार जोशीले संस्थाको थप प्रगातिको कामना गर्दै आगमी दिनमा समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा शुभकामना मन्तव्य दिर्दै नेपालगन्ज उपहानगरपालिका समाजिक शाखा प्रमुख कृष्ण प्रसाद जोशीले समाजिक क्षेत्रमा काम गर्न धेरै गाह्रो छ, तर निरन्तरको प्रयासका कारण संस्थाले आप्mनो नयाँ भवन बनाउन सफल भएको बताए । अब अगामी दिनमा संस्थाले समुदायमा थप योगदान पु¥याउने आपेक्षा समेत उनले गरे । बिगतमा एक कोठाबाट शुरुवात् भएको संस्था दुई दशक बढि निरन्तरको प्रयासबाट आप्mनो भवन बनाउन सफल भएको छ । पुर्वा शहरी बिकास मन्त्रि मो. ईस्टियाक राईको पहलमा भवनको जंग हालिएको थियो भने, नेपालगन्ज उपमहानगरपालिका र बिभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा ५० लाख बढि बजेटबाट भवन बनाउन सफल भएको संस्थाका अध्यक्ष मैमुना सिद्दिकीले बताइन् । अब चाँदै नयाँ भवनमा कार्यालय सार्ने छ र काम गर्न थप सहज हुने उनले बताइन् । कार्यक्रममा सहभागी वक्ताहरुले निरन्तरको प्रयासका कारण नयाँ भवन बनाउन सफल भएकोमा प्रशांस गर्दै आगमी दिनमा थप प्रगातिको कामना समेत गरेका थिए ।

कार्यक्रममा मानव अधिकार आयोग नेपालगन्जका प्रमुख द्धवारी अधिकारी, रुबरु एफएमका स्टेशन म्यानेजर शकिल कादरी, जी नेपाल टेलिभिजनका कार्यकारी निर्देशक आशिष गुप्ता, नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यक्रम अधिकृत पहलाद बिश्वकर्मा, महिला संञ्चार साप्ताहिकका सम्पादक अक्षरी पोखरेल लगायत्ले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु