बर्दियालगायतका तराईका १८ जिल्लामाइन्सेफलाइटिस संक्रमण

बर्दिया । स्वास्थ्य मन्त्रालयले जापानिज इन्सेफलाइटिसको जीवणु बर्दिया लगायतका जिल्लामा फेला परेको जनाएको छ । मन्त्रालयका अनुसार
यो वर्ष बर्दिया, मोरङ, बारा, झापा, सप्तरी, सिरहा, सर्लाही, पर्सा, पश्चिम नवलपरासी, सिन्धुली, र चितवन जिल्लामा जेईका संक्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मृत्युदर १५ वर्षमाथिका मानिसमा बढी छ । विशेषज्ञहरूका अनुसार खोप नलगाएका मानिसहरूमा जेई संक्रमणबाट मृत्यु र जटिलता हुने जोखिम धेरै हुन्छ । तर, स्वास्थ्य निकायसँग तत्कालै खोप दिने योजना छैन ।

Advertisement

ईकान्तिपुर डटकमका अनुसार नेपालमा जापानिज इन्सेफलाइटिस संक्रमितको संख्या ३३ पुगेको छ । १० दिनअघि १३ जनामा संक्रमण पुष्टि भएको थियो भने यो क्रम रोकिने देखिँदैन । स्वास्थ्य मन्त्रालयका अनुसार जापानिज इन्सेफलाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ भने यो १८ जिल्लामा फैलिसकेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार संक्रमितमध्ये मृत्यु हुने दर नौ प्रतिशतभन्दा बढी छ । संक्रमित फैलिने दर बढ्नु भनेको घातक रोग देशभर फैलिन थालेको स्पष्ट संकेत हो । विगतका वर्षहरूमा जापानिज इन्सेफलाइटिसबाट हजारौं मानिस संक्रमित भएका थिए । हाल संक्रमित भएका र मृतकमध्ये अधिकांशले खोप लगाएका छैनन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु