१५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित रमेश लोनिया नेपालगन्जबाट पक्राउ

बाँके । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १४ उधौपुरवाबाट १५ ग्राम ५०० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित रमेश लोनियालाई पक्राउ गरेको

छ । उनी बस्ने घर कोठामा समेत रीतपूर्वक खानतलासी गर्दा निम्न दशीका सामानहरु फेला परेको प्रहरीले जनएको छ ।

Advertisement

 

१. १५ ग्राम ५०० मिली ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ।
२. भारतिय नम्बर भएको Pulsar मोटरसाईकल थान १ र Yamaha R15 मोटरसाईकल थान १
३. नेपाली रुपैया रु. १००० दरको नोट १८६५ थान जम्मा ने.रु. १८,६५,००० (अठार लाख पैसट्ठी हजार )
४. नेपाली रुपैया ५०० दरको नोट २१० थान जम्मा ने.रु. १०५००० (एक लाख पाँच हजार)
५. नेपाली रुपैया १०० दरको नोट १०० थान जम्मा ने.रु. १०,००० (दश हजार)
६. नेपाली रुपैया ५० दरको नोट ६८ थान जम्मा ने.रु. ३,४०० ( तिन हजार चार सय)
७. नेपाली रुपैया २० दरको नोट १४९ थान जम्मा ने.रु. २९८० (दुई हजार नौ सय असी)
८. नेपाली रुपैया १० दरको नोट १०६ थान जम्मा ने.रु. १०६० (एक हजार साठी)
९. नेपाली रुपैया ५ दरको नोट ४७ थान जम्मा ने.रु. २३५ (दुई सय पैतिस)
१०.भारतीय रुपैया ५०० दरको नोट २६५ जम्मा भारु १,३२,५०० (एक लाख बत्तिस हजार पाँच सय) ने.रु. २,१२,००० (दुई लाख बाह्र हजार)
११.भारतीय रुपैया २०० दरको नोट २ थान जम्मा भारु. ४०० (चार सय) ने.रु. ६४० ( छ सय चालिस )
१२. भारतीय रुपैया १०० दरको नोट १७ थान जम्मा भारु १७०० (एक हजार सात सय) ने.रु. २७२० (दुई हजार सात सय बिस)
१३.भारतीय रुपैया ५० दरको नोट ७ थान जम्मा भारु ३५० (तिन सय पचास) ने.रु. ५६० (पाँच सय साठी)
१४.भारतीय रुपैया २० दरको नोट ८ थान जम्मा भारु १६० (एक सय साठी) ने.रु २५६ ( दुई सय छपन्न)
१५. भारतीय रुपैया १० दरको नोट ४ थान जम्मा भारु. ४० (चालिस) ने.रु. ६४ (चौसट्ठी)
नेपाली रुपैया र भारतीय रुपैया गरी जम्मा नेपाली रुपैया २२,०३,९१५ (बाईस लाख तिन हजार नौ सय पन्ध्र)

दशीको बिवरण:
चाँदी जस्तो देखिने सेतो धातुको बिवरण:- खुट्टामा लगाउने कंडा २ थान, बाला २ थान, औठी ३३ थान, सिक्सा २१ थान, कानमा लगाउने रिङ ४ थान, कानमा लगाउने झुम्का ४ थान, जन्तर १ थान, ब्रासलेट ५ थान, पाएल १४ थान, माला ५ थान, ठुलो माला ३ थान, नाकमा लगाउने नथी १ थान, हातमा लगाउने ब्रास्लेट २ थान (महिलाले लगाउने), पायल ठुलो २ थान । टुक्राहरु सानो ठुलो ११ थान ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु