मुगुमा एकै परिवारको चार जनाको हत्या: अनुसन्धानका लागि नेपालगन्जबाट तालिम प्राप्त कुकुर घटनास्थल पुग्यो

नेपालगन्ज । छाँयानाथ रारा नगरपालिका–५ मुन्दु गाउँमा आमा र तीन जना छोराछोरीको हत्या घटना अनुसन्धानमा सघाउन नेपालगञ्जबाट तालीम प्राप्त कुकुर  घटनास्थल लगिएको छ। प्रहरीको विशेष टोलीसहित घटनाका आरोपि खोजि गर्न तालिम प्राप्त कुकुर लगिएको हो ।

प्रहरीले शुक्रबारदेखि सिल गरेको घटनास्थलमा कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र नेपालगन्जबाट हिँडेको कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ ।

Advertisement

शुक्रबार बिहान मुन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, सात बर्षीया छोरी अप्सरा र एक वर्षीय छोरा रहर घरमै मृत भेटिएका थिए।

श्रीदेवीका श्रीमान दीपक बोहोरा वैदेशिक रोजगारीका लागि कतार गएका थिए। घटनाबारे थाहा पाएपछि उनी नेपाल फर्किएका छन् ।

मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार मुन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र एक वर्षका अर्का छोरा रहरको शव भेटिएको हो।

शुक्रबार बिहान साढे ९ बजे प्रहरीलाई शव भेटिएको खबर स्थानीयले गरेका थिए।

मुगुको सदरमुकामदेखि ३ घन्टा दुरीमा रहेको उक्त गाउँ मुन्दुमा जिल्ला प्रहरी कार्यालयबाट टोली गएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु