संघीय संसदका २ समितिका बैठक बस्दैँ

 

काठमाडौं, ३० साउन । संघीय संसद अन्तर्गतका २ समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् ।

Advertisement

 

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि मन्त्रालयबाट वृहत्तर तुलनात्मक विश्लेषण सहितको प्रस्तुतिकरण र छलफल गरिनेछ ।

साथै, सार्वजनिक लेखा समितिको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा प्राप्त उजुरी उपर छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु