उत्तराखण्डमा पहिरोः शव नभेटिएपछि बर्दिया मधुवनका परिवारले कुश बनाएर दाहसंस्कार गरे

बर्दिया । भारतको उत्तराखण्ड राज्य, पौडी गढवालको बाकुडास्थित बिनु नदीमा बेपत्ता भएका बर्दिया मधुवनका स्थानीयहरुको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । नरेन्द्र खड्काको परिवारलाई पाँच दिनसम्म खोजी गरे पनि फेला पार्न नसकेपछि

मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, ३२ वर्षीय श्रीमती सरस्वती खड्का र २२ महिनाका छोरा रोमन खड्का, मधुवन–५ की अमृत परियार र गुलरिया–२ का सुवास दमाईं पहिरोमा बेपत्ता भएका थिए । नरेन्द्रका बुबा चूडामणि खड्काका अनुसमर पाँच दिनसम्मको खोजी असफल भएपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको बताए ।

Advertisement

पहिरोमा घाइते अमृताका देवर अशोक परियारको ढाडमा चोट लागेको छ भने छोरी लक्ष्मीको हल्द्वानीस्थित सुशीला तिवारी अस्पतालमा उपचार भइरहेको छ । त्यसै गरी गुलरिया नगरपालिका–२ का १९ वर्षीय सुवास दमाईं फेला नपरेपछि उहाँका बुबा सोमबहादुर दमाइ पनि घर फर्केर किरिया बसेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु