बर्दिया — गुलरिया नगरपालिका–१२ भैसाही गाउँदेखि पश्चिममा रहेको नर्सरी वन नजिकै आफ्नो खेतमा काम गरिरहेको अवस्थामा चितुवाको आक्रमणमा परेर महिलाको मृत्यु भएपछि स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडि हुलाकी सडक अवरुद्ध पारेका छन् । ती महिलाको घाँटी र टाउको अलग भएको अवस्थामा शनिबार शव फेला परेको प्रहरीले जनाएको छ ।
Advertisement
शव भेटिएको बारे शनिबार दिउँसो करिब ११ बजेर २० मिनेटमा प्रहरी र सशस्त्र प्रहरी बललाई स्थानीयले जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार मृत्यु हुनेमा भैसाहीकी करिब ४५ वर्षीया जगतरानी थारु रहेका छन्। उनलाई आक्रमण गर्ने बाघ हो या चितुवा भन्ने कुरा पोस्टमार्टम नभएसम्म यकिन गर्न नसकिने अधिकारीहरुले बताएका छन् ।









