आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १ भदौ- उदयपुर, बेलका नगरपालिका-९ कमलाबारी बस्ने ५२ वर्षीया कुमारी राईको भान्छा कोठा र गोठमा शनिबार राति आललागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

झापा, गौरादह नगरपालिका-३ स्थित अतिथी सदनमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

Advertisement

यसैगरीझापा, मेचीनगर नगरपालिका-७ मदन बस्ती बस्ने ५० वर्षीयविश्व राजवंशीको घरमा शनिबार बेलुकी आगलागी हुँदा करिब २ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पर्सा, ठोरी गाउँपालिका-२ बस्ने किशोरी लामिछानेको गोठमा विद्युत सर्ट भई शनिबार साँझ आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु