
बाँके, ३ भदौ मंगलबार २०८२
बाँके र बर्दिया कार्य क्षेत्र भएको राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई बर्दियाले नीति तथा कार्यक्रम कार्यान्वयन समन्वय बैठक तथा चालु आर्थिक बर्ष २०८२÷८३ को बार्षिक कार्यक्रम सर्बजनिकरण गरेको छ । कार्यालयले सोमबार नेपालगन्जमा एक कार्यक्रमका बिच ८ करोड ३४ हजार बजेटको कार्यक्रम सर्बजनिक गरिएको कार्यक्रम कार्यान्वयन एकाई बर्दियाका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत बिरेन्द्र राज पराजुलीले बताए ।
Advertisement
कार्यक्रममा प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले कार्यक्रम शुरुवात् भैसकेपछि निरन्तर क्षेत्र बिस्तार भैरहेकोले राम्रो प्रगाति देखिएको बताए । कार्यक्रम कार्यान्वयन गरिएको बिगतका डाताहरु पनि व्यवस्थित राखिएको र राष्ट्रिय उत्पादकत्व भन्दा पनि कार्यक्रमको उत्पादाकत्व बढी देखिएकाले कार्यक्रमका सम्पुर्ण टिमलाई धन्यबाद समेत दिए ।
अहिले रसायनिक मलको अभावको सम्बन्धि किसानको जिज्ञासामा उनले भने, सरकारले रसायनिक मल खरिदका लागि कम बजेट बिनियोजन गर्ने गरेकाले अभाव हुने गरेको बताए । रसायनिक मलको बिकल्पमा हरियो मल, कम्पोष्ट मल उत्पादनमा ध्यान दिन पनि किसानहरुलाई सुझाव दिए ।

कार्यक्रममा बोल्दै सिक्टा सिचाई आयोजनाका प्राबिधिक उपसचिव अर्जुन न्यौपानेले एकाईको कार्यक्रमलाई मध्येनजर गरेर सिचाईका लागि आवश्यक पानी उपलब्ध गराउने प्रयासमा रहेको बताए । अहिले सिचाई आयोजना निर्माणधिनको आवस्थामा रहेकाले लिफ्ट सिचाई निर्माण गरिरहेको उनले बताए । राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई बर्दियाले बाँके र बर्दियामा कार्यक्रम संञ्चालन गर्न लागेको ९ बर्ष पुरा गरी १० औं बर्षमा कार्यक्रम कार्यान्वयन गरिरहेको छ । अहिले बर्दियामा ४ र बाँकेमा २ गरी ६ वटा जोनमा कार्यक्रम संञ्चालन गरिरहेको छ । बर्दियामा चैते धान सुपरजोन, केरा जोन, माछा जोन, गाईभैसी. जोन र बाँकेमा धान जोन, र तरकारी जोनमा कार्यक्रम कार्यान्वयन गरिरहेको छ । बाँकेको मकै जोनको कार्यक्रम भने अवधि पुरा भै कार्यक्रम फेज आउत समेत भैसकेको कार्यालयले जनाएको छ ।
कार्यक्रम कार्यान्वयन एकाईले सिचाई, यान्त्रिकरण, बिउबिजन र प्राबिधिक सेवा, बजारीकरण, भण्डारण, प्रशोधन लयायत्का कार्यक्रममा अनुदान तथा सहयोग गर्दै आएको कार्यक्रमका कृषि अधिकृत युराज बिकले बताए । कार्यालयका नायक सुब्बा बिमला भण्डारीले संञ्चालन गरेको कार्यक्रममा कार्यालयका कृषि अधिकृत युराज बिकले स्वागत मन्तव्य दिएका थिए भने कृषि ज्ञान केन्द्र बाँकेका बरिष्ठ कृषि प्रसार अधिकृत मजोज सिंहले पनि आप्mना भनाई राखेका थिए । कार्यक्रममा किसानहरुबाट समस्या र सुझाव समेत लिइएको थियो । सरोकारवालाहरुले किसानहरुलाई आवश्यक पहलका लागि जवाफ सहित सुझाव समेत दिएका थिए ।










