पेडारीमा पुल निर्माणका लागि ठेक्का सम्झौता

 

बाँके । नेपालगन्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३, खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पुल निर्माण
अगामि वैशाखभित्र सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको छ । वर्षातको समय सकिनासाथ निर्माण कार्य सुरु गरिने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जाले जनाएको छ । पेडारी नाला पुल निर्माणका लागि २०८२ जेठ १९ गते सम्झौता भइसकेको छ ।

Advertisement

नारायणम निर्माण सेवासँग २०८३ वैशाख १८ गते भित्र निर्माण सम्पन्न गर्ने गरी भ्याटसहित आठ करोड ९६ लाख रुपियाँमा ठेक्का सम्झौता भएको हो ।नयाँ निर्माण गर्न लागिएको पुल २२ मिटर चौडाई र ३४।४ मिटर लम्बाईको छ । यसैगरी पुलको दुबैतर्फ दुई सय मिटर एप्रोच सडक पनि निर्माण गरिने छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले पेडारी नाला पुलको दक्षिणतर्फ खोलाको भागमाथि आएको र साँघुरो भएको भन्दै स्थानीय तहसँग सहकार्य गरी तटबन्धन र अन्य निर्माण कार्य अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु