दाङ, ४ भदौ- घोराही उपमहानगरपलिका-२ रामपुर बस्ने शिव कवर योगीकी छोरी २ वर्षीया निशा कवर योगीको घर नजिकै रहेको कुलोमा डुबेर मंगलबार बेलुकी मृत्यु भएको छ ।
Advertisement
डुबेर अशक्त भएकी उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









