बर्दिया — जुवातास खेलिरहेको अवस्थामा बाँसगढी नगरपालिका–३ शान्तिपुर स्थितबाट जुवातास खेलिरहेका नगदसहित १० जना पक्राउ मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार खिमबहादुर महतको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा पक्राउ गरेको हो ।
Advertisement
जुवा खालबाट नगद ५४ हजार ३ सय १५, २ गड्डी तास र ५ वटा मोबाइल बरामद गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–३ शान्तिपुरका १८ वर्षीय सौगात खड्का, ३१ वर्षीय साजित गुजर, २८ वर्षीय अनुप खड्का, ३३ वर्षीय लोक बहादुर खड्का र ४१ वर्षीय राम शरण थारु रहेका छन् ।
यस्तै सोही ठाउँका ६० वर्षीय खिम बहादुर महत, ३९ वर्षीय भुपेन्द्र डाँगी, ५१ वर्षीय रामु खड्का, ३० वर्षीय विजय कुमार खड्का र २५ वर्षीय धिरज कुमार खत्री रहेका छन् ।









