रिगलको आम माफी घटनाः भारतीले फेरि सुरू गरिन् अनशन

 

काठमाडौं, कात्तिक १२। नेपालगन्जका चेतन मानन्धरमाथि दिउँसै धम्बोझी चोक नजिकै खुँडा प्रहार गरी जन्म कैदको सजाय भोगिरहेका बाँकेका योगराज ढकाल (रिगल) लाई सरकारले आममाफी दिएको विरोधमा पत्नि भारती मानन्धरले फेरि अनशन सुरू गरेकी छन्। उनले शुक्रबारदेखि अनशन सुरू गरी मंगलबारसम्म अनशन बस्ने छिन ।

Advertisement

रिगलको आममाफीविरूद्ध असोज १७ गतेदेखि माइतीघर मण्डलमा अनशन बसेकी भारती अनशन बसेकै अवस्थामा बेहोस भएपछि उनलाई वीर अस्पताल पुर्‍याइ उपचार गरिएको थियो।
रिगलको आममाफीविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा १४ गते सुनुवाइ हुँदैछ। २०७२ असार २८ गते नेपालगञ्ज ८ का २९ वर्षीय चेतन मानन्धरमाथि दिउँसै धम्बोझी चोक नजिकै खुँडा प्रहार भएको थियो। मानन्धरको मृत्यु पछि रिगल फरार थिए। मानन्धरको हत्या आरोपी रिगल दुई महिनापछि भदौमा अदालतमा गई आत्मसमर्पण गरेका थिए।

बाँके जिल्ला अदालतले २०७६ वैशाखमा मानन्धरको हत्यामा रिगललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो।

 

उनको रिहाइविरूद्ध प्रतिपक्षसँगै सत्तापक्ष दलका नेताहरू र नागरिक समाजले समेत चर्को विरोध गरेका थिए।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु